मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गर्भवतीलाई आयोडिन नुन

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • लम्की। टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ। स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको छ।

    स्वास्थ्य संस्थामा नियमित गर्भजाँचमा आकर्षित गर्न विगत एक वर्षदेखि गर्भवती महिलालाई यसरी आयोडिनयुक्त नुन वितरण गर्ने योजना बनाएको स्वास्थ्यचौकी प्रमुख हिमाल सारुमगरले बताए। “चारपटक नियमित गर्भजाँच गर्न आउँदा प्रत्येक पटक एक प्याकेट नुन र तीन प्याकेट सुत्केरी भएपछि दिने गरेका छौँ”, स्वास्थ्यचौकी प्रमुख मगरले भने, “नुन वितरण गर्न थालेपछि गर्भजाँच गर्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ ।” गत आर्थिक वर्षमा स्वास्थ्यचौकीमा ८४ ले सुत्केरी सेवा लिएका थिए। यस वर्ष नियमित गर्भजाँच गराउँदै सुत्केरी सेवा लिनेको सङ्ख्या चैतको अन्त्यसम्म ९७ पुगेको छ।

    एघार सय घरधुरी रहेको वडा नं ६ मा ७० प्रतिशत जनजातिको बस्ती छ। स्वास्थ्यचौकीले बालबालिकाको शीघ्र कुपोषण व्यवस्थापनका लागि पौष्टिक आहारसमेत उपलब्ध गराउँदै आएको छ। “१७ बालबालिका शीघ्र कुपोषणको जोखिममा रहेको फेला पारेका छौँ, पाँच नियमित पौष्टिक आहार खाएपछि निको भएका छन्। अहिले १२ बालबालिकालाई खुवाइरहेका छौँ”, स्वास्थ्यचौकी प्रमुख मगरले भने, “यो विपन्न तथा जनजाति बस्ती भएका कारण बालबालिकामा कुपोषण देखिने गरेको छ ।” बालबालिकालाई कुपोषण भए÷नभएको पहिचान स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले गर्ने गरेका छन्।

    टीकापुर–६ का वडाध्यक्ष बलीराम चौधरीले गर्भवतीको सेवाका लागि अन्य खर्च कटाएर भए पनि बजेट विनियोजन गरिएको बताए। “यो कार्यक्रमबाट विपन्न महिलाले लाभ उठाएका छन्”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “ग्रामीण जनताका लागि स्वास्थ्य पहिलो प्राथमिकता भएकाले नीति बनाएर स्वास्थ्यका कार्यक्रम गर्दैछौँ ।”

    नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले वडाले बनाएको नीति सराहनीय रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा यस्ता फरक खालका कार्यक्रमले नागरिकलाई लाभ हुने बताए। “यो कार्यक्रम अन्य स्वास्थ्य संस्थाका लागि पनि सिकाइ हुन्छ”, रावलले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij