प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६
बझाङ– दुई दिनदेखि सेती नदीमा वेपत्ता भएका बालकको शव फेला परेको छ । जयपृथ्वी नगरपालिका ६ बस्ने लोकेन्द्र बुढाका ६ वर्षीय छोरा अशोक बुढाको शव छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबगरमा आज फेला परेको हो ।
उनी सुनिपिपल चौर माध्यामिक सुबेडामा १ कक्षामा अध्ययनरत थिए । मंगलबार लुयाँटाको गोठाली खेल (सुवेडा (लुयाँटा जोड्ने पुल) सेती नदीको छेउमा हिँड्दै गर्दा चप्पल चिप्लेर नदीमा खसेर वेपत्ता भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij