मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘पूरानै स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परीक्षण हुन सक्दैन’

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण पूरानै स्वास्थ्य संस्थाबाट हुन नसक्ने पुनः स्पष्ट पारेको छ ।

    नेपाल र मलेसियाबीच श्रम समझदारी हुनु अगावै छनोट भएका स्वास्थ्य संस्थाबाटै कामदारको स्वास्थ्य परीक्षण हुने भनी चलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुईदेशबीच भएको समझदारीअनुसार सूचीकरण भई छनोट हुने स्वास्थ्य संस्थाले मात्र कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने जनाएको छ ।

    मलेसिया सरकारसँग भएको समझदारीबमोजिम स्वास्थ्य जाँच गर्ने संस्थाको छनोट प्रक्रिया टुङ्गी नसकेको वर्तमान अवस्थामा स्वास्थ्य परीक्षणको विषयलाई लिएर भएका अनर्गल प्रचारप्रसारबाट भ्रममा नपर्न सबैमा अपिल गरिएको छ ।

    समझदारीअनुसार सकारले मलेसिया सरकारबाट प्राप्त कामदारको स्वास्थ्य परीक्षणको मापदण्ड पूरा गर्न सक्ने स्वास्थ्य संस्थालाई गत चैत १८ गते सूचीकरणका आह्वान गरेको थियो । सोही प्रावधानअनुरुप सूचीकृत हुन चाहने स्वास्थ्य संस्थाले श्रम मन्त्रालयमा आवेदन दिएका र तीनको प्राविधिक अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।

    वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित तुल्याउने सन्दर्भमा विभिन्न मुलुकसँग भएका द्विपक्षीय श्रम समझदारी र सम्झौताको पूर्ण पालना गर्न सरकार कटिबद्ध मन्त्रालयले जनाएको छ ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij