मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ईमेज एफएमका पूर्वस्टेसन म्यानेजर सुरज श्रेष्ठको निधन

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  • काठमाडौं । ईमेज एफएमका पूर्वस्टेसन म्यानेजर सुरज श्रेष्ठको निधन भएको छ ।

    साढे ४ वर्षदेखि मोटर न्यरोड डिजिट नामक रोगबाट ग्रसित ४५ वर्षीय श्रेष्ठको गएराति २ः१५ बजेतिर उपचारका क्रममा निधन भएको हो ।

    उनलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि समस्या देखिएको थियो ।

    उनको स्वास्थ्यमा थप समस्या आएपछि यही बैशाख १६ गते काठमाडौंको ओम अस्पतालमा भर्ना गरिएको थियो ।

    पहिलो पटक उनी २०७१ मा दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

    उक्त अस्पतालमा निरन्तर उपचार पछि २०७२ साल बैशाखमा नेपाल फर्किएका थिए । विनाशकारी महाभूकम्पपछि उनलाई रोगले थप ग्रस्त बनाएको थियो ।

    सञ्चार क्षेत्रमा निकै ठूलो योगदान पुर्‍याएका श्रेष्ठको निधनप्रति ईमेज च्यानलले दुःख व्यक्त गरेको छ । उनका एक छोरा, एक छोरी र श्रीमती छन् ।

    धरानमा जन्मिएका उनी सुरुमा धरान स्थित बीपी कोइराला मेमोरियल अस्पतालको हाताभित्र रहेको रेडक्रसद्वारा संचालित ब्लड बैंकमा इन्चार्जका रुपमा काम गरेका थिए ।

    धरानबाट प्रकाशित पूर्वाञ्चलको चर्चित राष्ट्रिय दैनिक ब्लाष्ट टाइम्समा सह सम्पादक, धरान टुडेलगायतका संचारमाध्यममा काम गरिसकेका उनी २०५६ सालमा ईमेज एफएममा आबद्ध भएका थिए ।

    त्यसबेला उनने ‘ईमेज पप’ नामक कार्यक्रम संचालन गरेका थिए । त्यसपछि उनले ‘शुभदिन’, ‘विमोचन’, ‘रेकर्ड अफ दि वीक’, इन्साइड स्टोरी’, ‘म्यूजिक एक्सप्रेस’, ‘नौटंकी’लगायतका चर्चित रेडियो कार्यक्रमहरु संचालन गरेका थिए ।

    उनको प्रेरणाबाट नेपाली सांगीतिक क्षेत्रमा थुप्रै प्रतिभाहरुको जन्म भएको छ ।

    एफएम रेडियोहरुको स्थापनापछि सफल र चर्चित टप फाइफ आरजेहरुमध्ये सुरजको नाम अग्रस्थानमा आउने गर्दथ्यो ।

    पछिल्लो समय उनी वाइट प्लस अडियो भिडियो कम्पनी संचालन गरी म्यूजिक भिडियोको निर्देशन र सम्पादनमा पनि क्रियाशिल थिए ।

    वि.स. २०३१ साल फागुन २६ गते जन्मिएका श्रेष्ठका सात जना दिदीहरु छन् । उनी परिवारका कान्छा सदस्य थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij