मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तालिवानी विद्रोहीको नियन्त्रणबाट दश जना सकुशल मुक्त

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  • कुन्दुज । अफगानिस्तानको सरकारी सेनाले तालिवानी नियन्त्रणमा रहेका दश नागरिकलाई मुक्त गराएको छ । सरकारी सुरक्षाकर्मीहरूले चलाएको खोजी तथा कारबाही अभियानका क्रममा देशको उत्तरी कुन्दुज प्रान्तबाट उनीहरूलाई नियन्त्रण मुक्त गरेका हुन् ।

    अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार चाहार डारा जिल्लाको एक्यु सराय गाउँमा सुरक्षा कारबाही अभियान चलाइएको थियो । उनीहरुले त्यस ठाउँमा एउटा घरलाई कारगारकोरूपमा सञ्चालन गरेको र नियन्त्रणमा लिइएकाहरूलाई त्यही राख्ने गरेको एक जना सैन्य प्रवक्ताले जानकारी दिएका छन् ।

    त्यही तालिबानी कारागारबाट मुक्त गरिएकाहरूलाई अहिले सरकारी सेनाले आफ्नो शिविरमा राखेको र केही दिनपछि मात्रै आफन्तको जिम्मा लगाइने भएको छ । उनीहरूलाई खोज्ने र मुक्त गरेर ल्याउने क्रममा सेनाले कुनै पनि हातहतियारहरु प्रयोग नगरेको श्रोतले जनाएको छ ।

    अफगानिस्तानका विभिन्न ठाउँमा सरकारी सेना र तालिबान लडाकूहरुबीच भेला बेलामा भिडन्त र एक अर्का विरुद्धका कारबाहीहरू हुने गरेका छन् । यस क्रममा हजारौँको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij