मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सामुदायिक वनमा घ्यूकुमारी खेर जाँदै

  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६



  • कञ्चनपुर, वैशाख २९ । आयुर्वेदिक औषधि उत्पादन गर्न कञ्चनपुरका वनमा लगाइएको घ्यूकुमारी बिक्री नभएपछि खेर जान थालेको छ । भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित सहिद स्मृति सामुदायिक वनमा रोपिएको घ्यूकुमारी बिक्री नभएपछि खेर जान थालेको हो । सामुदायिक वनले २०७३ सालमा चितवनको पाम एग्रोभेट कम्पनीसँग प्रतिक्विण्टल २ हजार रुपैयाँका दरले उत्पादित घ्यूकुमारी बिक्री गर्ने सम्झौता गरेको थियो ।

    सम्झौताअनुसार कम्पनीले रकम नदिएकाले घ्यूकुमारी वनमै खेर गएको सहिद स्मृति सामुदायिक वनका अध्यक्ष कर्णबहादुर विष्टले बताए । उनले वनको आम्दानीको स्रोत बढाउने उद्देश्यले घ्यूकुमारी लगाइए पनि कम्पनीबाट ठगिएको गुनासो गरे ।

    विष्टका अनुसार प्रतिबोट ४० रुपैयाँका दरले एक विघा जमिनमा ६ हजार विरुवा रोपिएको थियो । तर कम्पनीले १० रुपैयाँका दरले खरिद गर्ने बताएपछि सम्झौता रद्द भएको हो । उत्पादन भएको घ्यूकुमारीको बिक्री गर्न नसकेपछि वनको साढे तीन लाख रुपैयाँ लगानी खेर गएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij