प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६
काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संयुक्त राज्य अमेरिकाको समुद्र तथा अन्तर्राष्ट्रिय वातावरण तथा वैज्ञानिक मामिला कार्यालयका मुख्य उपसहायक सचिव मार्किया बर्नियाबीच आज प्रदूषण न्यूनीकरणका विषयमा छलफल भएको छ ।
छलफलमा अमेरिकामा प्रदूषण न्यूनीकरणका लागि अवलम्बन गरिएको अनुभव मुख्य उपसहायक सचिव मार्किया बर्नियाले सुनाएका थिए भने मन्त्री बस्नेतले नेपालमा प्रदूषण न्यूनीकरणका लागि बन्दै गरेका नियम, कानूनका विषयका साथै प्रयासका विषयमा जानकारी गराएका थिए ।
दुवै देशको अनुभव आदानप्रदान गरी प्रदूषण न्यूनीकरणका लागि हातेमालो गर्दै अगाडि बढ्ने विषयमा समेत छलफल भएको मन्त्री बस्नेतले बताएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij