मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६



  • काठमाडौं । ‘कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् ।

    विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही सहभागी भएका छैनन् । तर यसपाली नायिका प्रियंका कार्की उक्त फेष्टिभलमा सहभागी हुने भएकी छिन् । उनी फ्रान्समा हुने यसै महोत्सवमा भाग लिन आईतबार फ्रान्स जाँदैछिन् ।

    प्रियंकाले यस महोत्सवका लागि आफू निकै उत्साहित भएको बताएकी छन् । उनले नेपाली कला र संस्कृतीलाई विश्वसामु चिनाउन यो राम्रो प्ल्याटफर्म भएको उल्लेख गरेकी छन् ।

    ‘कान्स फिल्म फेस्टिभल’मा आफू चारवटा इभेन्ट्स्मा सहभागी हुने उनले जानकारी दिएकी छन् । ती हुन्, नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिब्यूट र गाला डिनर ।

    उक्त कार्यक्रममा प्रियंका नेपाली डिजाइनर सिवांगी प्रधानले डिजाइन गरेको पहिरनमा सजिनेछिन् । यही मञ्चमा हलिउड र बलिउडका चर्चित हस्तिहरु सहभागी हुनेछन्, जहाँ प्रियंकाका लागि उनीहरुसँगको घुलमिलको एउटा राम्रो अवसर हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij