मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जाजरकोटमा स्थानीय सरकारले गर्यो ४५० किलोमिटर सडक निर्माण

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६



  • जाजरकोट । स्थानीय सरकार गठन भएदेखि अहिलेसम्म जिल्लामा ४५० किलोमिटर सडक निर्माण भइसकेको छ। चालू आर्थिक वर्षमा मात्र सडक निर्माणका लागि ३३ करोड खर्च गरिएको छ।

    एउटै स्थानीय तहमा १० देखि १५ वटासम्म सडक निर्माण भएकाले गाउँगाउँमा सडक पुग्न सजिलो भएको छ। कुशे गाउँपालिकाले १३३ किमी सडक विस्तार गरेको छ। नलगाड नगरपालिकाले ९२ किमी, जुनीचाँदे गाउँपालिकाले ४० किमी र बारेकोट गाउँपालिकाले २० किमी सडक विस्तार गरेको हो।

    भेरी नगरपालिकाभित्र केन्द्र र स्थानीय सरकारको सहयोगमा ४०८ किमी सडक निर्माण गरिएको छ। शिवालय गाउँपालिका र छेडागाड नगरपालिमामा समेत धमाधम काम भइरहेका छन्। यी दुवै ठाउँका अधिकांश ठाउँमा सडक पुगिसकेको छ। दुई आर्थिक वर्षमा प्रत्येक स्थानीय तहले सडक निर्माणमा मात्र रु चार करोडदेखि सात करोड खर्च गरेको पाइएको छ।

    अहिले कुशे गाउँपालिका र भेरी नगरपालिकाका सबै वडामा सडक पुगेको छ। बारेकोट गाउँपालिकामा सडक निर्माण कार्य जारी छ। सिंहदरबारको अधिकार गाउँमा आएसँगै आफैँ नियम र कानून बनाउने अधिकार पाएका स्थानीय तहले विकासको पहिलो आधार सडक निर्माणलाई नै बनाएका छन्।

    जिल्लाका सात स्थानीय तहले सडक निर्माणमा भारी बजेट छुट्याएर काम थालेसँगै गाउँ, गाउँमा सडक निर्माणसँगै सवारीसाधन सञ्चालन हुन थालेको छ। यातायातको सहज पहुँच भएपछि सर्वसाधारणले सेवा मात्र पाएका छैनन्, उत्पादित तरकारी तथा फलफूल बिक्री गर्नसमेत सजिलो भएको बताएका छन्। कृषकले उत्पादन गरेका वस्तु बिक्री भएसँगै अर्र्थोपार्जनमा सघाउ पुगेको नलगाड नगरपालिका ५ का कृषक बलबहादुर रावलले बताए।

    सडकलगायत पूर्वाधार निर्माणबाट जनताले प्रत्यक्ष लाभ पाउँदा आफूहरु खुशी भएको चर्चा गर्दै उनले भने, ‘विकट विस्तारै निकट बन्दै खाद्यान्न, रोजगारी, गरीबीलगायत समस्या दूर हुँदैछन्।’ सडक निर्माणसँगै नागरिकको जीवनमा परिवर्तन आउनाका साथै जनताका दैनिक आधारभूत आवश्यकता सहजै समाधान गर्न सकिने भएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

    उनले भने, ‘हामी दैनिक जनताकामाझ छौँ, जनताका गुनासा र पीरमर्का सुन्नाका साथै समस्या समाधानका काम पनि हुँदै आएको छ।’ पहिले जिल्ला सदरमुकामबाट बाँडिएका सीमित योजना र कामले जनताको जीविकामा खासै परिवर्तन हुन नसकेकाले अहिले सबै कुरा जनताको घर, आँगनमा उपलब्ध गराउने योजनाका साथ काम गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए।

    उनले भने, ‘जाजरकोटको मात्र होइन, कर्णालीकै भरोसाको केन्द्र मानिएको नलगाड हाइड्रोपावर कम्पनी नलगाड नगरपालिकामै बन्दैछ भने जिल्लाको खनिज तथा विभिन्न खानीको अध्ययन गर्न केन्द्र सरकारले नीति तथा कार्यक्रममै यो योजना समेटेको छ।’

    माल भएर पनि चाल नपाउने जाजरकोटका लागि केही गरेर देखाउने केन्द्रीय नेतृत्व हामीसँगै भएकाले जिल्लाको मुहार फेरिनेमा कुनै समस्या नरहेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।

    वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि जिल्लाको सडक खानेपानी, स्वास्थ्य, कृषि र शिक्षाका क्षेत्रमा पाँच वर्षभित्र उल्लेख्य प्रगति हुने बताए। अबको एक वर्षभित्र जिल्लाका सबै सडक कालोपत्रका लागि डिपिआर शुरु भई कामले तीव्रता पाउनेमा जोड दिँदै उनले भने, ‘जिल्लाको सबै ठाउँमा एक वर्षभित्र विद्युतीकरण हुनेछ, अहिले यो वर्ष मात्र ५० प्रतिशत काम भएको छ, जाजरकोटको जल, जमीन र जङ्गल संरक्षण गरी जिल्लाको मुहार फेरिने छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij