प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६
बारा,
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बैरियास्थित सिमा ईलाकाबाट जेठ ५
गते एपीएफ टोलीले स्रोत नखुलेको १० लाख ९६ हजार ६ सय २५ रुँपैयासहित दुई
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जिल्लाको करैयामाई गाँउपालिका ८ नरही बस्ने २६
वर्षीय सद्दाम अन्सारी र सोही ठाँउ बस्ने १८ वर्षीय आकी थिजिज साह छन् ।
ना. ४४ प ३०४७ नम्वरको मोटरसाईकलमा सवार उनीहरु भारतबाट नेपालतर्फ आँउदै
गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपातीबाट
खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यसवेला एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा उल्लेखीत
रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले निजहरुले प्रयोग गरेको उक्त मोटरसाइकल, दुई वटा मोवाईल फोन,
एउटा पेनड्राईभ तथा विभिन्न बैङ्कको भौचर समेत बरामद गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij