मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

परिवारमा शान्ति र सुख हुन यी कुराको आवश्यक हुन्छ

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ८, २०७६



  • काठमाडौं। महाभारतमा पाण्डवको परिवारलाई सर्वश्रेष्ठ परिवार मानिन्छ। यो परिवारमा एक अर्काप्रति प्रेम, समर्पण र कर्तव्यको भावनाको जुन ज्ञान थियो, त्यस्तो आजकलका परिवारमा हुँदैन। यही कारण घर परिवारमा झगडा र अशान्ति हुन्छ। महाभारतका अनुसार परिवारमा शान्ति कामय गर्न यी विषयमा ध्यान दिनु आवश्यक हुन्छ।

    महाभारतमा पाण्डवका परिवारमा आमा कुन्ती र पाँच छोरा थिए। युधिष्ठिर, अर्जुन र भीम कुन्तीका छोरा थिए भने नकुल र सहदेव माद्रीका छोरा थिए। महाराज पाण्डु र माद्रीको मृत्युपछि कुन्तीले पाँचै भाइलाई समान ममता दिइन्।

    सबैलाई राम्रो संस्कार दिइन्। आमाले भनेका सबै कुरा उनीहरु आदरपूर्वक निर्वाह गर्थे। कसले के गर्ने भन्ने सबै जिम्मेवारी तय थियो। यही कारण पाण्डव जहाँ भएपनि खुशी भएर बस्थे। जुन परिवारमा यस्तो समपर्णको भाव हुँदैन, त्यहाँ झगडा र अशान्तिको अवस्था हुन्छ।

    परिवारको सुख–शान्ति त्यतिबेला मात्रै संभव हुन्छ जतिबेला परिवारका कुनै पनि सदस्य स्वार्थी र दुर्गुणी हुँदैनन्। यदि परिवारमा आफ्नो कर्तव्यप्रति पूरै आस्था र समपर्णको भाव भए त्यहाँ शान्ति र सुख शान्ति मात्रै हुन्छ। कुनै पनि झगडा वा अशान्ति त्यतिबेलामात्रै पैदा हुन्छ, जतिबेला परिवारका सदस्यमा आफ्नो कर्तव्य भन्दा पनि आफूलाई कसरी फाइदा हुन्छ भनेर सोचिन्छ।

    यदि कर्तव्य र अधिकारको गहिराईलाई बुझेर यसको बीचमा सन्तुलन कायम गर्ने हो भने परिवारमा शान्ति हुन्छ र परिवार टुक्रिनबाट बच्छ। जुन परिवारमा अधिकार भन्दा पहिला कर्तव्यको महत्व हुन्छ, त्यहाँ प्रेम, सहयोग र सद्भाव कायम हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij