प्रकाशित मिति : सोमवार, कार्तिक १५, २०७३
घोराही । तिहारमा घ्यू, तेलका साथै विभिन्न रङको प्रयोग गरि रोटीहरु तयार पारेर खाईन्छ । तिहार घरघरमा विभिन्न खालका रोटीहरु अधिक मात्रामा तयार पारिन्छ । त्यसैले तिहारलाई रोटीको पर्व भनेर पनि कतिपयहरुले अथ्र्याउने गर्छन ।
प्राय सबैका घर–घरमा सेल रोटी, फिनी, अनसरा, पपेरा पाकिसकेका छन् । आकर्षक देखाउनका लागि यस्ता रोटीहरुमा विभिन्न खालका तेलका साथै रङहरुको पनि व्यापक प्रयोग गरिएको पाईन्छ । तर, यसरी तयार पारिएको परिकार श्वास्थ्यको दृष्टिकोणले भने उपयुक्त मानिदैन ।
वजारका होटेलहरुमा किन्न पाईने मिठाइका परिकार हुन वा तिहारका अवसरमा घरमै तयार पारिने मिठाईहरु सबैमा व्यापक मात्रामा रङको प्रयोग गरिएको पाईन्छ । सेल, सिङकामारी ,खुर्मा अन्द्रसा जस्ता परिकार त्यसका उदाहरणहरु हुन । यस्ता रोटीहरुमा रातो, पँहेलो र गुलावी जस्ता रङहरुकासे प्रयोग गरेको पाईन्छ । तर, चिकित्सकहरु भने यस्ता रङ मिलाएर तयार परिएका परिकार नखान आग्रह गर्छन ।
उनीहरुका अनुसार त्यस्ता प्रकारका रङ मिसावटबाट निर्मित परिकारले मानव स्वास्थ्यमा प्रतिकुल असर पु¥याउने गर्छन । रङको मिसावट बाट निर्मित परिकारको प्रयोगले व्यक्तिलाई क्यान्सर सम्म हुनसक्ने खतरा राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीका मेडिकल सुपरी टेण्डेन्ट डा. जनार्दन पन्थीले औंल्याए ।
त्यसैले रङरोगन गरिएका खाद्यवस्तु नखान उनको सल्लाह छ । मेसु पन्थीले तिहारमा विशेषगरी माछा,मासु भन्दापनि बढी रङरोगन गरिएका चिल्ला रोटी र खाद्यवस्तु खाने चलनले स्वास्थ्यमा ठुलो असर पु¥याउने खतरा औंल्याए । उनले रङहरु रसायन युक्त हुने हुँदा खानामा रङको प्रयोग गर्नु हानिकारक हुने बताए । डा. पन्थीले रङ विभिन्न रासायनको मिसावट बाट निर्माण गरिने हुँदा त्यसले व्यक्तिको श्वास्थ्यमा ठूलो हानी नोक्सानी गर्ने बताए ।
चिल्ला र रङ युक्त परिकारको प्रयोग बढेकोले पछिल्लो समयमा जटिल प्रकृतिका विरामी देखा पर्दै गएको डा. पन्थीको धारणा थियो । तिहारमा बनाईएका रङयुक्त खाद्यवस्तु (रोटीहरु) महिनां सम्म भण्डारण गरि राख्ने र खाने चलन झनै खतरा हुने डा. पन्थी बताउँछन् । उनले भने गाँउ घरमा धेरै रोटी हालेर महिनौं पछिसम्म खाने चलन रहेको चर्चा गर्दै त्यसले क्यान्सर र अन्य खतरनाक दिर्घरागहरु निम्त्याउने बताए ।
रङको मिसावटले खाद्यवस्तुमा ढुसी तुरुन्तै पर्ने भएकाले त्यस्ता खाद्यवस्तु धेरै दिन नराख्न र नखान उनको सल्लाह छ । उनले रङयुक्त चिल्ला खाद्यवस्तुहरुमा ढुसी तुरुन्तै पर्नै बताए । त्यसैले रङरोगन मिसावट गरिएका चिल्ला बस्तुहरु लामो समय राख्नु र खानु स्वास्थ्यका लागि खतरा हुने सक्ने उनले बताए । मानव स्वास्थ्यका दृष्ट्रिकोणले एउटा स्वच्छ व्यक्तिका लागि फ्याट ३० प्रतिशत मात्रै आवश्यक हुन्छ । तर तिहारमा सदाका दिनहरु भन्दा अलि विशेष गरी चिल्लो वढि खाने भएकाले त्यसमा सचेत रहन डा. पन्थीको आग्रह छ । अझै वजारमा भित्रिएको विभिन्न ब्राण्डका मिसावटका घ्युजन्य पदार्थको वढी प्रयोगले मानव स्वास्थ्य जोखिममा पर्ने उनले बताए ।
गाँउघरमा पाईने शुद्ध घ्यु भन्दा उद्यौगिक उत्पादित घ्यु जन्य पदार्थहरु डाल्डा लगाएतले बढी स्वास्थ्यमा असर पु¥याउने उनले जानकारी दिए । उनले स्थानीय स्तरमै उत्पादित तोरी, रायो, सुर्यमुखी आदीको प्रयोग उचित मानिने बताए । उनले मिठो पाय भन्दैमा आवश्यक्ता भन्दा वढि खानु पनि जोखिम युक्त हुने बताउँछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij