मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आजको राशिफल : मिति २०७६ साल जेठ ९ गते पञ्चमी तिथि बिहीबार

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६



  • आज मिति २०७६ जेठ ९ गते तदनुसार सन् २०१९ मे २३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ज्येष्ठ कृष्णपक्ष । पञ्चमी तिथि बिहीबार ।

    मेषः समयको गति सगै काममा सुधार आउनेछ । भाग्यले कम साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । बहिर्मुखबाट अन्तर्मुखि काम हुनेछनेछन् । अवरोध गर्नेहरु विस्तारै अस्ताउने छन् । विशेष गरेर अपरान्ह देखि समयले दिनेछ । नयाँ नयाँ अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । व्यापारमा उधारो कारोवार नगर्नु होला ।

    वृषः दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । समस्याबाट मुक्ति मिल्ने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अपरान्हबाट समय सामान्यकरण हुदै जाने देखिन्छ । धार्मिक कार्यमा सरिक हुने अवस्था आउन सक्छ । मानसिक तनावमा कमि आउनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

    मिथुनः पूर्वान्ह जति अपरान्ह अनुकुल हुने छैन । समयमा गरेका कामबाट धेर थोर लाभ हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । अपरान्हबाट समय प्रतिकुल हुनेछ । तपाईको स्वास्थ्य कमजोर बन्नेछ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । चिन्ता थपिनेछ ।

    कर्कटः थोरै प्रयत्न गरेमा पुराना समस्याको टुङ्गो लाग्न सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । अपरान्हबाट काममा सहजीकरण हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ ।

    सिंहः पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काम गर्ने सहज वातावरण देखिन्न । संघर्ष गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । रिस,डाहा गर्नेको संख्या बढ्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । साँझपखको समय बढि तनाव पूर्ण हुनसक्छ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।

    कन्याः समस्याको भुमरीबाट पार पाउने देखिन्न । सहज बातावरणमा काम गर्न पाईने छैन । भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने उपलब्धिका अवसरहरु गुम्नेछन् । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ । सहयोगी हात कर्म फेला पर्ने छन् ।

    तुलाः आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । समयमा गरेका काममा पूर्ण सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । राती समान चोरी हुनसक्छ ।

    वृश्चिकः दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । आफनै प्रयासमा नयाँ काम हात पार्न सकिनेछ । आर्थिक समस्या समाधान भएर जाने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर मिल्नेछ । विदेशको चाहाना बढ्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ ।

    धनुः काम गर्नको लागि पूर्वान्ह जति सजिलो अपरान्ह हुने छैन । समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । आर्थिक कारोवारमा थोरै सावधानी अप्नाउनु होला । साँझपख खर्च बढ्न सकछ । आफ्नै कुराले आफैलाई अप्ठ्यारो पर्न सक्छ । नजिकका मानिसबाट विश्वास घात हुने खतरा रहनेछ । व्यापारमा गिरावट आउनेछ ।

    मकरः अधिकाँश समय अनुकुल देखिदैन । कमाउने भन्दा गुमाउने बढि हुनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन । आफन्तबाट झुट्टा आश्वासन मिल्नेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।

    कुम्भः समयको सदुपयोग गर्नु होला । समयमा गरेका अधिकाँश काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । अपरान्ह देखि समय विस्तारै प्रतिकुल हुनेछ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । अनावस्यक चिन्ता बढ्नेछ । राती धन सम्पति चोरी हुनसक्छ । गलत विचार बढ्नेछ ।

    मिनः समग्रमा दिन अनुकुल देखिन्छ । कार्य क्षमता घट्ने छैन । आम्दानीका हिसावले दिन उत्तम रहेको छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । थोरै प्रयत्न गरेमा पुराना समस्या सल्टिने छन् । खुट्टो तान्न खोज्ने आफै तन्किने छन् । सहयोगी हात भेटिने छन् । भाग्यले साथ दिनेछ । एजेन्सिका कामबाट बढि लाभान्वित हुनुहुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij