प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६
पर्सा,
पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालीका ५ देउरियाबाट जेठ ८ गते एपीएफ
टोलीले करीब ४० के.जी.चरेश र २० के.जी.गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ
टोलीले उक्त चरेश र गाँजा बरामद गरेको हो ।
सो स्थानमा रहेको पानीको कुलोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश र
गाँजा एपीएफ टोलीले फेला पारेको हो ।
एपीएफ टोलीले बरामद चरेश र गाँजा आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij