प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६
बैतडी । बैतडीमा गुडीरहेको जीपबाट हाम फाल्दा एक जानाको मृत्यु भएको छ।
बैतडीको दशरथचन्द नगरपालिकाको गिरेगडादेखि देहिमाण्डौ तर्फ गइरहेको म १ ज ११९ नं जीपमा सवार पञ्चेश्वर ५ नयाँ गाउँका ४२ वर्षी राजु कोलीको मृत्यु भएको हो।
बिहिबार साँझ ६ बजेतिर दशरथचन्द नगरपालिका ९ पार्सा भन्ने ठाँउमा हाम फाल्दा गम्भिर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
जीप चालक अन्दााजी २७ वर्षीय जनकराज जोशी फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नेत्र मणी गिरीले जानकारी दिए। चालकको खोजी भइरहेको पनि उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij