मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु पर्दैन

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६



  • नेपालगञ्ज । नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइड (फोहर प्रशोधन केन्द्र) को निर्माण कार्य सम्पन्न भएपछि यो शहरले वर्षौंैदेखि सुन्दै आएको ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको हो ।

    “अब टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्नेछन् र ल्याण्डफिल साइडमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गर्नेछौँ”, नेपालगञ्ज उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने। यो शहरमा दैनिक २५ देखि ३० टनसम्म फोहर उत्सर्जन हुनेगर्छ । हो, त्यही फोहर ल्याण्डफिल साइडमा पुगेपछि मोहरमा परिणत गर्ने उपमहानगरपालिकाको योजना छ । ल्याण्डफिल साइडमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिने वातावरण तथा सरसफाइ इञ्जिनीयर प्रकाश डिसीले बताए ।

    “तपार्इंहरु ढुक्क हुनुस्, अब नेपालगञ्ज शहर फोहरबाट मुक्त हुन्छ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भने, “सबै नगरवासीले पनि नेपालगञ्जलाई फोहरमुक्त बनाउन हामीलाई साथ भने दिनुपर्छ ।” एशियाली विकास बैंक, शहरी विकास आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लगानी रु ३९ करोडमा डेढ वर्षअघि सो ल्याण्डफिल्ड साइडको निर्माण शुरु गरिएको थियो । सम्झौताअनुसार ल्याण्डफिल साइडको सञ्चालन एक वर्षसम्म निर्माण कम्पनीले नै गर्नेछ ।

    प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने, “उपमहानगरपालिकाका कर्मचारीले शहरमा कुचो लगाएर थुपारेको तथा नागरिकले डष्टबिनमा राखेको फोहर निर्माण कम्पनीका कर्मचारीले सङ्कलन गरी सञ्चालन गर्ने सम्झौता गरिएकोे छ । एक वर्षपछि ल्याण्डफिलको सबै जिम्मा उपमहानगरपालिकाले लिनेछ ।” रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij