प्रकाशित मिति : शुक्रबार, जेष्ठ १०, २०७६
तिर्थराज ज्ञवाली
जेष्ठ ९,भालुवाङ(देउखुरी दाङ)
राप्तीको भालुवाङ बजार क्षेत्र नजिकै ग्रीन पार्क निर्माणका लागि आज सिलान्यास गरिएको छ ।
राप्ती गाउँपालिकाको ब्यस्त बजार नजिकै आरामदायी तथा स्वच्छ हराभरा पार्क निर्माणका लागि राम जहदि सामुदायकि वन क्षेत्रमा जिल्ला बन कार्यालयको प्रारम्भीक आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले विहिवार ग्रीन पार्क मुल गेट को शिलान्यास गर्नु भएको हो ।
सामुदायिक वनका पदाधिकारी, नागरिक समाज, उद्योग बाणिज्य संघका प्रतिनिधि, स्थानिय बुद्धिजिवी, सरोकारवालाहरुको उपस्थीतिमा ग्रीन पार्कको शिलान्यास गरिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij