मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेतृत्व तथा संस्थागत विकास तालिम सम्पन्न

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १०, २०७६



  • तिर्थराज ज्ञवाली
    जेष्ठ ९, मसुरीया(देउखुरी दाङ)

    राप्ती गाउँपालिकाका महिलाहरुलाई अब्वल र क्षमतावान तथा संस्थागत रुपमा सशक्त बनाउने पाँच दिने तालीम सम्पन्न गरिएको छ ।

    राप्ती गाउँपालिका महिला तथा बालबालीका शाखाको आयोजनामा राप्ती क्षेत्रमा संस्थागत रुपमा काम गर्न सुरुवात गरेका एवं संस्थामा काम गर्दै रहदा समेत क्षमतामा बृद्धि विकास गर्न नसकेकाहरुका लागि नेतृत्व तथा संस्थागत विकास तालिम दिईएको हो ।

    तालीम विहिवार राप्ती गाउँपालिका समाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ठ आथित्यतामा सम्पन्न भएको थियो ।

    नेतृत्व तथा संस्थागत विकास तालिममा सहकारिता के हो, कीन आवस्यक छ, सहकारीका सिद्धान्तहरु, महिला विकास कार्यक्रममा संस्थागत विकासका चरण र महत्व, नेतृत्व भनेको के हो, नेतृत्वको शैली, संस्थागत विकासमा नेतृत्वको भुमीका, अनुषायित्व, नेतृत्वको चयन, कामको रेखदेख, परामर्श, छर्लङता, माग, सहभागीता लगायत विषयमा प्रशिक्षण दिईएको महिला तथा बालबालीका शाखाकी सहायक महिला निरिक्षक विनिता अधिकारीले जानकारी दिनुभएको छ ।

    पाँचदिन सम्म सहभागीलाई सहभागीतात्मक निर्णय, निणय प्रक्रियाको महत्व, महिलाको संघ संस्थामा सहभागीता, निर्णय कार्यका विधि प्रक्रिया, नेतृत्व विकासका साधक र बाधक तत्वहरु, महिला संस्थाको सैद्धान्तकि मार्गचित्र, सञ्चालक विचार, परिकल्पना, ध्येय र मुल्य, अधिकार्य सुचकाङ्ग र गणना, महिला संस्थाको रणनिति पत्र, रणनिति पत्र तर्जुमा, रणनिति पत्र प्रस्तुतिकरण लगायतका विषयमा तालीम दिईएको सहायक महिला निरिक्षक जिवन जिसीले बताउनुभएको छ ।

    तालीमको प्रशिक्षकको रुपमा सहायक महिला निरिक्षक विनिता अधिकारी, जिवन जिसी तथा राप्ती गाउँपालिका सहकारी प्रमुख दयाराम चौधरी रहनुभएको थियो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij