प्रकाशित मिति : शुक्रबार, जेष्ठ १०, २०७६
काठमाडौं । ठगी मुद्दामा फरार उदयपुर हडीया १ घर भई काठमाडौं महानगरपालिका १६ बस्ने ३५ वर्षीय दिलिप कुमार चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं जिल्ला अदालतको २०६९ कात्तिक २७ को फैसलाले २० लाख ९५ हजार २ सय ६५ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले ईटहरीको सुनसरीबाट पक्राउ गरेको हो।
२०६६ सालदेखि काठमाडौं बनस्थलीस्थित आधुनिक बहुउदेश्यीय सहकारी संस्थामा लेखा प्रमुखको रुपमा कार्यरत रहेका चौधरीले आर्थिक वर्ष २०६७/६८ मा पटक पटक गरी संस्थामा जम्मा हुन आएको उक्त रकम बैंकमा जम्मा गरेको छु भनी संस्थाको स्टेटमेन्टलगायतका कागजातहरु नक्कली बनाई रकम ठगी गरेका थिए।
पक्राउ चौधरीलाई फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि शुक्रबार कारागार कार्यालय झुम्का पठाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij