प्रकाशित मिति : शुक्रबार, जेष्ठ १०, २०७६
काठमाडौं । मानिसहरु सधैं एउटै काम गर्नु पर्दा दिक्क मान्छन् । तर अमेरिकामा एक १ सय ७ वर्षीय व्यक्तिले विगत ९६ वर्षदेखि हजामको काम गरिरहेका छन् ।अमेरिकाको न्यूयोर्कस्थित एक सैलुनमा एक सय सात वर्षीय एन्थोनी मेनसिनेली फूल टाइम काम गर्छन् । विगत ९६ वर्षदेखि हजामको काम गरिरहेका एन्थोनी संसारका सबैभन्दा वृद्ध हजाम हुन् । ११ वर्षअघि एन्थोनीको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत समावेश गरिसकेको छ ।
उनका ग्राहक उनीसँग पूर्ण सन्तुष्ट भएको बताउँछन् । उनका थुप्रै ग्राहकहरुले एन्थोनीबाहेक अरु कसैलाई पनि आफ्नो कपाल छुन नदिएको बताउने गरेका छन् । शताब्दीदेखि कपाल काट्दै आएका उनीमा सय वर्ष नाघिसक्दा पनि कुनै दीर्घ रोग छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij