प्रकाशित मिति : शनिबार, जेष्ठ ११, २०७६
रौतहट,
रौतहट जिल्लाको कटहरीया नगरपालिका ४ स्थित सिमा ईलाकाबाट जेठ १० गते
एपीएफ टोलीले करीब २ लाख ९८ हजार रुँपैया बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अवैध रुपमा ना. ४६ प ७८१९ नम्वरको मोटरसाईकलमा राखेर
ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल गण
हेक्वा रौतहट नम्वर १८ गणबाट खटिएको टोलीले बरामद गरेको हो । एपीएफ
टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
एपीएपm टोलीले बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागी
स्थानीय भन्सार कार्यालयमा बुभmाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij