मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

स्वदेशी उत्पादन ‘गोल्ड स्टार’ को विदेशमा लोभलाग्दो व्यापार

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६



  • काठमाडौं। ‘हात्ती बलियो कि हात्ती छाप चप्पल?’ भन्ने विज्ञापन नसुन्ने नेपाली कमै होलान्। विज्ञापन सुन्ने धेरै हात्तीछाप चप्पल’ र ‘गोल्डस्टार जुत्ता’ प्रयोग नगर्ने नेपाली पनि कमै होलान्।

    सस्तो, आकर्षक र बलियो विशेषता बोकेको ‘गोल्ड स्टार जुत्ता’ को नक्कल गर्दै कारोबार गर्ने उद्योगीहरु पनि कम छैनन्। केही समय अगाडि विदेशबाट ल्याएको जुत्तामा ‘गोल्डस्टार’ को छाप हान्दै जुत्ता उद्योगीहरुले बिक्री गर्ने गरेको चर्चामा आइरहन्थ्यो।

    अत्यधिक नेपालीले रुचाएको चप्पल–जुत्ता उत्पादन गर्ने कारखाना चक्रपथको ‘चप्पल कारखाना’ नै हो। पछिल्लो समयमा नेपालबाट निर्यात हुने बस्तुमध्येको एक हो यसै कारखानाको जुत्ता चप्पल।

    यो जुत्ता–चप्पलले ठाउँको नाम नै राखिदिएको छ। हात्तीछाप चप्पल र अर्को चर्चित जुत्ता गोल्डस्टारको कारखाना भएकै कारण चक्रपथ नजिकैको नाम ‘चप्पल कारखाना’ भनेर चिनिएको छ। पछिल्लो समयमा भने यसको नाम ‘किरण सुज म्यानुफ्यक्चर्स प्रालि’ राखिएको छ।

    आजभन्दा ४० वर्ष अगाडि हात्तीछाप चप्पलको ब्रान्डका रुपमा हेटौंडाबाट शुरु भएको कम्पनी केही वर्षपछि काठमाडौंमा सारिएको थियो। हेटौंडामा छँदा कम्पनीले चप्पलमात्र बनाउथ्यो। सञ्चालनमा आएको १५/१६ वर्षपछि जुत्ता बनाउन थालिएको किरण सुज म्यानुफ्याक्चर्स प्रालिका मार्केटिङ एन्ड ब्रान्डिङ डाइरेक्टर विदुषी राणाले बताइन्।

    उनले भनिन्, ‘काठमाडौंमा सुरुमा एउटै किसिमको गोल्ड स्टार जुत्ता र यसको बजारको मात्र हामीले टार्गेट गरिरहेका थियाैं। त्यसमा पनि सस्तोमा बलियो जुत्ता मात्र तर, त्यसले त्यति राम्रो बजार लिन सकेन, त्यसपछि गोल्डस्टारकै धेरै ब्राण्ड ल्यायौं। त्यो एकदमै पपुलर हुँदै गयो।’

    नेपालमा गोल्डस्टार जुत्ता एकदमै पपुलर भएपछि कम्पनीलाई डाउन गर्नका लागि केही जुत्ता उद्योगहरुले नक्कली गोल्डस्टार जुत्ता बनाइ बिक्री गर्न थाले। त्यसले गर्दा बजारमा घाटा हुन थाल्यो।

    डाइरेक्टर राणाले भनिन्, ‘चीनबाट ल्याएका जुत्ताहरुमा गोल्डस्टारको स्टिकर टाँस गरेर केही उद्योगीहरुले बिक्री गर्न थाले। त्यसले हामीलाई निकै घाटा बनायो, हामीले मुद्दा हाल्यौं र हाम्रै पक्षमा फैसला भयो। त्यसपछि ती उद्योगीहरुले गोल्डस्टारको नक्कल बन्द गरे।’

    पछिल्लो समयमा पनि बजारमा धेरै नक्कली जुत्ताहरु आएको उनले बताइन्। उनले भनिन्, ‘विश्व विख्यात ब्रान्डहरु अडिडस, नाइक, रिकपजस्ता जुत्ताहरुको ब्रान्डका नाममा नक्कली जुत्तालाई नेपालीहरु पैसा तिर्न तयार छन् तर, त्यहाँको ओर्जिनल जुत्ताको सस्तो मूल्य तिर्न नेपालीहरु तयार हुँदैनन् त्यो भनेको सोचाइ हो। यस्तो सोचलाई परिवर्तन गर्न केही समय लाग्छ।’

    व्यापार विस्तार गर्दै किरण सुज म्यानुफयक्चर्स प्रालिले नेपाल भरि ३२ वटा शोरूम सञ्चालन गरेको छ। मान्छेले जुत्ता नै पाउँदैन, ‘गोल्डस्टार नाम सुनेको छु, कहाँ पाइन्छ’ भनेर सोध्दै आएका कारण गोल्ड स्टारका उत्पादन भाटभटेनीका सबै ठाउँमा राखेको उनले बताइन्।

    किरण सुज म्युनुफ्यक्चर्स प्रालिले आफ्नो लागि मात्र होइन देशलाई पनि ठूलो सहयोग गरेको छ। प्रत्यक्ष रुपमा ३ हजार जनालाई रोजगार दिइरहेको छ। वार्षिक करोडौंको रुपमा कर तिर्ने गर्छ। त्यसैले सबैले मेहेनतले गरि कम्पनी अगाडि बढेको बताइन्।

    पछिल्लो समय कच्चा पदार्थ आयातमा समस्या भएको कारण केही मजदुरहरु हजार मजुदर बराबर घटेका छन्। उनले भनिन्, ‘ताइवान, चीन, इटालीबाट कच्चा पदार्थ ल्याउथ्यौं तर, अहिले कच्चा पदार्थ आयातमा समस्या भएका कारण मजदुर पनि घटिरहेका छन्। अहिले सेल्स घटिरहेको र मार्केट डाउन भएका कारण हजार जना मजदुर घटेका छन्। महिलाहरु मात्र ११ सय भन्दा बढी छन्।’

    नेपालको उत्पादनलाई रुचाएर विदेशीहरु पनि लोभिएका छन्। ‘हात्तीछाप चप्पल’ र ‘गोल्डस्टार जुत्ता’ कम्पनीको उत्पादनको करिब आधा भाग नै भारतमा बेचिन्छ। अरु छिमेकी देशहरुमा पनि बिक्री भइरहेको उनले बताइन्।

    विदेशमा जाने नेपालीहरुले त जुत्ता चप्पल यतैको लगेर जान्छन्। यसरी लगेको जुत्ता–चप्पल त्यो ठाउँमा लोभलाग्दो भएकाका कारण अब अष्ट्रेलियाको सिड्नीमा शाखा सञ्चालन गर्ने तयारी भइरहेको डाइरेक्टर राणाले बताइन्।

    राज्य र शसस्त्र विद्रोहको चेपुवामा परेको बेलामा कम्पनी लामो समय बन्द पनि भयो। तत्कालीन माओबादीहरुले गोल्डस्टार जुत्ता किन्न थालेपछि राज्यपक्षबाट गोल्डस्टार जुत्ता लगाउने जो कोहीलाई पनि माओवादी भनेर पीडा दिन थालेपछि धेरै समस्या भएको थियो। विस्तारै आरोप प्रत्यारोपकै कारण बन्द गर्नुपरेको उनी सम्झिन्छिन्।

    पाल्पाका नुरप्रताप (जंगबहादुर) राणाले मकवानपुरको हेटौंडा हुँदै काठमाडौंमा उद्योग चलाएको हुन्। केही वर्ष अगाडि उनको निधन भएपछि उनका छोरा अमिर प्रताप राणा र बुहारी बिदुषी राणाले कम्पनी सम्हाल्दै आएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}
    इन्सपेक्टर हरि ओलीद्वारा ललितपुर प्रहरी परिसरमा बडादसैँका अवसरमा मौलो पूजा
    रुबियोद्वारा गुप्तचर सूचना रोकेको अस्वीकार; ओस्लोमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ताका लागि जेलेन्स्की तयारी गर्दै
    IGP दान कार्कीद्वारा   बडा दसैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न {फोटो फिचर}
    कोशी प्रदेश प्रमुख DIGP शेखर खनालद्वारा विधिवत् मौलो पूजा सम्पन्न
    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
    दशैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या पौने छ लाख नाघ्यो
    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प
    राष्ट्रपति पौडेलले शीतल निवासमा गरे नवकन्याको पूजार्चना
    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij