प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६
भद्रपुर । गरीबी न्यूनीकरण कार्यक्रमअन्र्तगत झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले दुई लाख ७३ हजार मूल्य बराबरका ६५ विपन्न परिवारका उपभोक्ताहरुलाई खाटसहित झुल वितरण गरेको छ।
साविक चन्द्रगढीका वडा नं ३, ४ र ९ का ६५ उपभोक्तालाई ५०० मात्रै लिएर आज ६५ वटा खाट तथा झुल वितरण गरिएको हो। समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले वन समूहले आफ्नो आम्दानीको ३५ प्रतिशत रकम गरीबी न्यूनीकरणमा खर्च गरिने बताए।
उनका अनुसार उपभोक्तालाई १२५ खाट वितरण गर्ने लक्ष्यअनुसार पहिलो चरणमा सो वितरण गरिएको र बाँकी दोस्रो चरणमा वितरण गरिनेछ।पोखरेलले पहिलो चरणअन्र्तगत दुई लाख ७३ हजार मूल्य बराबरका खाट र २५ हजार मूल्य बराबरका झुल वितरण गरेको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij