मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रगत जँचाउँदै हुनुहुन्छ ? यी ५ कुरामा ध्यानदिनुहोला

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • जुनकुनै रोग लाग्दा पनि रक्तपरीक्षण अनिवार्यजस्तै हुन्छ । रक्तपरीक्षणको नतिजाअनुसार नै डाक्टरले उपचार प्रक्रिया अगाडि बढाउने गर्छन् । त्यसैले रक्तपरीक्षण उपचार प्रक्रियाको महत्वपूर्ण र पहिलो जाँच हो । फरक–फरक जाँचका लागि रगत दिनुअघि फरक–फरक कुरामै विचार पुर्‍याउनुपर्ने हुन्छ । त्यसैले रगत जँचाउनुअघि ख्याल गर्नुपर्ने कुरा यस्ता छन्ः

    १. रक्तपरीक्षण गराउनुअघि प्रेसरमा नहुनुहोस् । हतार–हतारमा दौडिँदै गरेर आएको तथा कडा कसरत गरेलगत्तैको अवस्थामा रक्तपरीक्षण नगराउनुहोस् । केहीबेर आराम गरेर शान्त अवस्थामा रगत दिनुहोस् । शरीर तातेको अवस्थामा निकालिएको रगतको जाँचमा क्रेटिनियम फरक पर्न सक्छ ।

    २. लिपिड प्रोफाइल, फास्टिङ ब्लडसुगरजस्ता परीक्षण गर्ने हो भने ८ देखि १० घन्टासम्म पेट खाली राख्नुपर्ने हुन्छ । यस्तो परीक्षण गर्नुअघिको यो अवधिमा पानीसमेत पिउनुहुँदैन । चिकित्सकसँग राम्रोसँग अग्रिम सल्लाह लिनु उत्तम हुन्छ ।

    ३. युरियाजस्ता रोगको पहिचानका लागि रक्तपरीक्षण गर्ने हो भने अघिल्लै दिनदेखि माछा–मासु तथा प्रोटिनयुक्त डाइट खानुहुँदैन । साधारण खाना खान भने मिल्छ ।

    ४. थाइराइडलगायत विभिन्न हार्मोनको अवस्था बुझ्न रक्तपरीक्षण गर्नेले रगत दिनुअघि फास्टिङ गर्नु राम्रो हुन्छ । बेलुका खाना खाएपछि बिहान केही नखाई रक्तपरीक्षण गराउनुपर्छ ।

    ५. रगत दिइसकेपछि आफ्नो रगत राखिएको भाँडोमा लगाइएको स्टिकर नम्बर र बिरामी कार्डमा लेखिदिएको नम्बर एउटै भए–नभएको ख्याल गर्नुपर्छ । रक्तपरीक्षणको रिपोर्ट लिन जाँदा बिरामी कार्डको नम्बरअनुसार लिनुपर्छ । हुलमुलमा कहिलेकाहीँ उल्टो रिपोर्ट परेर उपचार प्रक्रिया नै गलत भएका उदाहरण पनि भेटिन्छन् । अस्पतालका सम्बन्धित प्राविधिकसँगै बिरामी तथा बिरामीका आफन्त यो कुरामा सचेत हुनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij