प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६
काठमाडौं। काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित पैदलयात्रीलाई जुटपाट गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार दिउँसो उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियारलाई पक्राउ गरेको हो।
पक्राउ परेका परियारले यात्रुको २ लाख नगद लुट्न खोजेको प्रहरीले जनाएको छ।
उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेका हो। यस विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij