प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३
नेकपा एमाले दाङ सदस्यता नविकरण गर्ने समय थप गरेको छ ।
जिल्ला पार्टी कार्यालय भरतपुरमा शनिबार बसेको जिल्ला सचिवालयको बैठकले यही
भदौ २ गतेसम्म संगठित सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष जोगबहादुर रानाको अध्यक्षता एवं केन्द्रीय सदस्य तथा दाङ जिल्ला
ईञ्चार्ज मेटमणि चौधरीको अध्यक्षतामा बसेको बैठकले ८० प्रतिशत सदस्यको
सदस्यता नविकरण भइसकेकाले बाँकीका लागि समय थप गरी भदौ २ म्याद थप गर्ने
निर्णय गरेको बैठकपछि सचिव हुकुम बस्नेतद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा
उल्लेख गरिएको छ ।
त्यस्तै यही भदौ २५, २६ र २७ गते तुलसीपुरमा हुने जिल्ला अधिवेसनको प्रचारप्रसारका लागि तुलसीपुर नगर समन्वय समितिलाई तयारीका लागि जिम्मेवारी
दिने निर्णय गरेको सचिव बस्नेतले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij