प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६
काठमाडौँ — काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा करेन्ट लागेर एक चितुवाको मृत्यु भएको छ । डिभिजन वन कार्यालय काठमाडौंका अनुसार नगरपालिकाको वडा नम्बर-१ गागलफेदीमा पोलको ट्रान्सफर्मरमा एक चितुवा मृत भेटिएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा पोलको ट्रान्सफर्मरमा भेटिएको मृत चितुवा । तस्बिर सौजन्य: डिभिजन वन कार्यालय काठमाडौं ।
‘हामीलाई बिहानै ५ बजे खबर आयो । पोथी चितुवा ट्रान्सफर्मरमा टाँसिएर मरेको रहेछ,’ वन कार्यालयका सूचना अधिकारी अरुणकुमार गुप्ताले भने, ‘सम्भवतः पोलमाथि गुँड लगाएको चरा वा अन्य आहारा खोज्ने क्रममा सडक छेउको पोलमा चढेको हुन सक्छ । करेन्ट लागेर मृत्यु भएछ ।’
स्थानीयका अनुसार उक्त चितुवा पछिल्लो २/३ दिनदेखि उक्त बस्ती वरपर देखिएको थियो । उक्त चितुवा नजिकै सुन्दरीजलको वनबाट आएको हुनसक्ने गुप्ताको अनुमान छ । सो वडामा दुईवटा सामुदायिक वन पनि छन् ।
वडामा अव्यवस्थित बस्ती बढ्दै जाँदा वन क्षेत्र मासिँदै गइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij