शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

यातायात सुविधाबाट वञ्चित गोकर्ण–पाखाथोक पक्की सडक निर्माण हुने

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • काठमाडौँ । उपत्यकाभित्रै भएर पनि व्यवस्थित यातायात सुविधाबाट वञ्चित गोकर्ण–पाखाथोक सडक अब पक्की हुने भएको छ ।

    कच्ची सडक बनेको २६ वर्षसम्म पनि कच्ची सडकका कारण सार्वजनिक सबारी साधन नचल्दा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज सीमाक्षेत्रका बासिन्दालाई समस्या परेको थियो ।

    गोकर्णेश्वर नगरपालिकाको वडा नं ६, ९, १० र ११ का बासिन्दा यो सडक पक्की भएपछि लाभान्वित हुनेभएका छन् । विसं २०४७ मा मार्सल जुलुम शाक्य निर्माण तथा यातायातमन्त्री भएका बेला डोजर लगाएर यो सडकको ट्रयाक खोलिएको थियो ।

    त्यसबेला सडकको ट्रयाक खोल्न सक्रिय स्थानीयवासी एवम् नेपाली काँग्रेस गोकर्णेश्वर नगर समिति सभापति श्रीकृष्ण ज्योति सडक पक्की भएपछि राष्ट्रिय निकुञ्जसँग जोडिएको गाउँमा जान सहज हुने बताउँछन् ।

    डिभिजन सडक कार्यालयबाट पक्की सडक निर्माणका लागि रु पाँच करोड ५६ लाख विनियोजन हुनाका साथै निर्माण कम्पनी समेत छनोट भइसकेको छ । गोकर्ण–पाखाथोक तीन किमी सडकमध्ये यसपटक १।८ किमी कालोपत्र गर्न लागिएको हो ।

    सडक कालोपत्र गर्न छानिएको सिएम, विशाल एन्ड विराट जेभी कम्पनीका प्रबन्ध निर्देशक विष्णुभाइ श्रेष्ठ दसैँ अघि नै काम सुरु हुनुपर्ने भए पनि चाडबाडका कारण भोलि बिहीबारदेखि काम सुरु हुने बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij