प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३
मोरङ । नम्बर नखुलेको कारको ठक्करबाट मोरङको विराटनगरमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
कोसी राजमार्गअन्तर्गत विराटनगर–४ मा गएराति नम्बर नखुलेको कारको ठक्करबाट मोरङ गोविन्दपुर–३ बस्ने अन्दाजी ३० वर्षीया सुशीला पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने कारसहित चालक फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खुकुरी प्रहारबाट एक युवक गम्भीर
मोरङको मधुमल्लाका एक युवा खुकुरी प्रहारका कारण गम्भीर घाइते भएका छन् ।
मधुमल्ला–८ पिपलडाँगीका अन्दाजी २७ वर्षीय उमेश अधिकारीलाई सोही ठाउँका रविन अधिकारी लगायतका युवाले आज बिहान २ः३० बजे खुकुरी प्रहार गरेको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए।
खुकुरी प्रहारबाट दाहिने खुट्टामा गहिरो चोट लागेर घाइते भएका अधिकारीको झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूह फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij