प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३
करण जोहर निर्देशित फिल्म ‘ए दिल हे मुश्किल’ लगातार विवादास्पद बन्दै गएको छ । करणको यो फिल्मको विषयमा अर्को नयाँ विवाद खडा भएको छ ।
हामी सबै अनिभिज्ञ छौं, यो फिल्ममा रणबीर कपुर र ऐश्वर्या रायको इन्टिमेट दृश्यहरु समावेश छन् । तर रणबीर कपूरले यी दृश्यमा यस्तो टिप्पणी दिएका छन् जसका कारण बच्चन परिवार उनीसँग रुष्ट भएको बताइएको छ ।
व्यवसायिक भएका कारण बच्चन परिवारलाई रणबीर र ऐश्वर्याको इन्टिमेट दृश्यमा कुनै आपत्ति नभएको बताए पनि तर रणबीरले जुन टिप्पणी दिए, त्यसले भने उनीहरु रुष्ट भएको भारतीय संचारमाध्यमको दाबी छ ।
यस्तो थियो रणबीरको बयानः
‘इन्टिमेट दृश्यको क्रममा उनलाई लाज लागिरहेको थियो, मेरो हात काँपिरहेको थियो । कहिले काँही म ऐश्वर्यालाई अंगालो हाल्न पनि अप्ठेरो लाग्थ्यो । तर ऐश्वर्याले अभिनयको हवाला दिँदै मलाई हौसला दिँदै गइन् । र पछि मैले पनि सोचें कि यस्तो मौका कहाँ पाइन्छ र त्यसपछि मैले पनि मौकामा चौका हाँनिदिए ।’
रणबीरको यस्तो बयानमा बच्चन परिवार उनीसँग रुष्ट भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij