शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सुर्खेतको आग्री गाँउमा लुटिएका हतियार प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • नेपालगन्ज । सुर्खेतको आग्री गाँउस्थित देउली प्रहरी चौकीबाट स्थानीयवासीले लुटेका हतियार प्रहरीले पुनः आफ्नाे नियन्त्रणमा लिएको छ ।

    मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालका अनुसार, करिब ३० जनाको संख्यामा रहेका स्थानीयले घरेलु हतियारसहित प्रहरी चौकीमा आक्रमण गरी प्रहरीको हतियार खोसेका थिए ।

    उनका अनुसार, स्थानीयले चौकीमा रहेको दुई थान राइफल, चाइनिज पेस्तोल एक थान, हतकडी एक थान र करिब १५८ राउण्ड गोली लुटेकोमा प्रहरीले सो हतियार अहिले आप्mनो नियन्त्रणमा लिइसकेको छ ।

    गएराति रक्सी सेवन गरेका युवा समूह र एक जना चौकीका सिपाहीबीच विवाद भएको केही समयपछि स्थानीयको समूहले चौकीमा आक्रमण गरी तोडफोड गर्नुका साथै ति हतियार लुटेका थिए ।

    सो घटनापछि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षकको कमाण्डमा सर्च अप्रेशन भइरहेको उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij