प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३
तेह्रथुम । म्याङलुङबाट धरान हिँडेको बस धनकुटाको हिले नजिकैको
सुकेपोखरीमा बुधबार दिउँसो दुर्घटना भएको छ।
म्याङलुङ बाट
बिहान ८ बजे धरानको लागी हिडेको ना २ ख ९१५७ नम्बरको
जलजला यातायात सिधुवा र हिलेको बिच सडकखण्ड अन्तरगर्त
सुकेपोखरीमा दुर्घटना भएको हो।
क्षमता भन्दा बढी यात्रु लिएर धरान जादै गरेको बस ट्रनिङमा
स्टेरिङ नघुम्दा सडकबाट तल झरेको बताईएको छ। चालकको
सावधानीको कारण ठूलो दुर्घटनाबाट बचेको यात्रुहरुले बताएका
छन्। दुर्घटनामा यात्रुहरु सामान्य घाईते भएका छन्।
केही महिना अघि सोही सडक खण्डको सिघुवा मास्तीर बस
दुर्घटना हुँदा पूर्व राज्यमन्त्री हरिराज खेवा सहित १३ जनाको
ज्यान गएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij