प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६
पर्सा,
पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट जेठ १६ गते
एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईलाम जिल्लाको आईतबारे घर भई हाल काठमाण्डौ महानगरपालिका
९ सिनामग्ांल बस्ने १९ वर्षीय रोहन बस्नेत छन ।
सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ
टोलीले शंका लागि जाँच गर्दा उनले आफ्नो शरीरमा टेपले बाँधेर लुकाई छिपाई
ल्याउदै गरेको अवस्थामा नोफिन २१ वटा, डाईनोल्याव २८ वटा र फेनारगन ३४
वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका निज बस्नेतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाईएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij