मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गाउँपालिका भवनको शिलान्यास

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • भद्रपुर । पाँच दाताले निःशुल्क दान गरेको जग्गामा झापाको हल्दिबारी गाउँपालिका कार्यालय भवन बन्ने भएको छ ।

    भवनको बिहीबार शिलान्यास गरिएको छ । रु तीन करोड ९० लाख ७९ हजार ३०० मा हल्दिवारी–५ स्थित धनुषपोखरी नजिकै दाताले प्रदान गरेको एक बिघा नौ कठ्ठा जमीनमा निर्माण हुनलागेको गाउँपालिका भवनको शिलान्यास स्थानीय जनप्रतिनिधिले नै गरेका थिए । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले आगामी चैतसम्ममा निर्माणकार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको बताए ।

    भूकम्प प्रतिरोधी कार्यालय भवनको ऐतिहासिक तथा पुरातात्विक महत्वको धनुषपोखरीको पहिचानलाई स्थापित गराउने उद्देश्यले धनुष आकारकै डिपिआर बनाएर कार्यालय भवन बनाउन लागेको अध्यक्ष लिङ्देनले बताए । उनका अनुसार भवन बनाउन जग्गादाता सन्तोष माङपुङले चार कठ्ठा, माइतराज राईले एक कट्ठा, तीलबहादुर सुवेदीले चार कठ्ठा, भुपाल लिम्बूले १० कठ्ठा र खर्कमाया साम्सुहाङले १० कठ्ठा जमीन उपलब्ध गराएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij