शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मनसुन लम्बिँदा हराए आगन्तुक चरा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • काठमाडौँ । यसपटक हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउने उत्तरी ध्रुवका आगन्तुक चराको सङ्ख्या कम हुने देखिएको छ । नेपालमा मनसुन ढिलासम्म रही आकाश सफा नहुँदा उत्तरी ध्रुवका चराले नेपाली आकाशमा उडान भर्न नपाएपछि यो अवस्था आएको हो  ।

    उत्तरी ध्रुव रसिया लगायतका देशका साइबेरियन जङ्गलमा विचरण गर्ने विश्वकै दुर्लभ र सङ्कटापन्न विभिन्न प्रजातिका चरा हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउनेगर्छन् । यस पटकको मनसुन ढिलो गरी नेपालबाट हराएकाले साइबेरियन चरा नेपाली आकाशमा प्रवेश गर्न नसकेको पक्षीविद्ले बताएका छन् । पक्षीविद् डा. हेमसागर बरालका अनुसार यसपटक ढिलोसम्म मनसुनले प्रभाव पारेकाले नेपाली आकाशमा प्रशस्त मात्रामा साइबेरियन चराले उडान भर्न पाएनन् । फलस्वरूप यो वर्ष सधैँ झैँ उत्तरी ध्रुवका पक्षी नेपाली भूमिमा कम देखिनेभएका छन् ।

    उत्तरी ध्रुवमा हिउँ पर्न सुरु भएपछि त्यहाँका रैथाने चराले विचरण गर्न दक्षिणी देशको भूमिमा उडान भर्ने गर्छन् । पहिलो चरणमा दक्षिण एसियाली देशका लागि उडेका चरा यहाँको मनसुनका कारणले अन्यत्र गएका हुनसक्ने बताइएको छ ।
    हिउँदे याममा रसिया, मङ्गोलिया हुँदै चीनको उत्तरी क्षेत्रबाट १५० प्रजातिका पक्षी नेपाल प्रवेश गर्ने गरेको कुरा डा. बरालले बताए, आजको गोरखापत्रमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij