मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बिहान भूलेर पनि नगर्नुहोस् यी गल्ती, दिनभर पर्छ त्यसको असर

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • काठमाडौं । भनिन्छ बिहानले दिनको संकेत गर्द। हामीले बिहानको समयमा गरिने क्रियाकलापले त्यसको असर दिनभर पर्छ। हामीले बिहान राम्रो काम गरौँ भने दिनभरको समयमा उर्जा प्राप्त हुन्छ। यदी हामीले बिहानै काम राम्रो गरेनौँ भने दिनभर पनि हाम्रो मनस्थितमा त्यसको असर पर्ने गर्दछ ।

    त्यसैले आज हामी तपाईलाई बिहान भूलेर पनि गर्न नहुने कामका बारेमा जानकारी गराउँदैछौँ । यदी तपाईले बिहान यस्ता काम गर्नुभयो भने तपाई दिनभर अस्वस्थ्य र दिमाग भारी भएको महसुश हुन सक्छ। त्यस्तै दिन भर आफुलाई स्वास्थ्य र फ्रेस राख्न यस्ता गल्तिबाट बच्न जरुरी हुन्छ।

    १. ढिलोसम्म सुत्ने
    धेरै समयसम्म सुतिरहनाले मोटोपना, डिप्रेसन र मधुमेह जस्ता रोग लाग्ने खतरा बढ्छ।

    २. अचानक ओछ्याउनबाट एक्कासी उठ्ने
    यस्तो गर्दा हाम्रो रक्तचाप कम हुन जान्छ अनि चक्कर लाग्ने समस्या हुन्छ । यसले हृदयघात समेत हुन सक्ने सम्भावना बढ्छ । त्यसैले बिहान बिस्तारै उठेर जीउ तन्काउनुपर्छ । त्यसपछि पूरै शरीरमा सामान्य तरिकाले रगत पुग्ने गरी हल्का व्यायाम गर्नुपर्छ ।

    ३. उठेर पानी नपिउने
    बिहान उठ्ने बित्तिकै धेरै मानिसले पानी पिउँदैनन् । पानी नपिउनाले कब्जियत हुने र शरीरमा पानीको मात्रा कम हुने गर्छ । त्यसैले बिहान उठेर २ देखि ४ गिलास पानी पिउने गर्नुपर्छ । यसले पेट सफा गर्न मद्दत गर्छ।

    ४. व्यायाम नगर्ने
    व्यायाम नगर्ने मानिसमा विभिन्न समस्या र रोग देखा पर्छन् । मोटोपना ,थकान, ऊर्जाको कमी, रक्तचापको समस्या, मधुमेह जस्ता रोगबाट बच्नका लागि बिहान उठेर सधैं व्यायाम गर्नुपर्छ । त्यसकारण घरमै एक आधा घन्टाका लागि व्यायाम गर्ने वा मर्निङ वाकमा जाने बानी बसाल्नु पर्छ ।

    ५. ओछ्यानमै चिया पिउने
    यसले शरीरमा एसिडको मात्रा बढाउने र दाँतलाई कमजोर बनाउने हुनाले ओछ्यानमै चिया पिउने बानी हटाउनुपर्छ । यसले कब्जियत पनि गराउन सक्छ । त्यसकारण फ्रेस भएपछि , दाँत माझेर खाजाका साथमा मात्र चिया पिउने गर्नुपर्छ।

    ६ बिहानको खाजा नखाने
    बिहान खाजा नखाने व्यक्तिलाई मोटोपना, मधुमेह , थकान जस्ता समस्या हुन सक्छन् । साथै यसले ग्यास्टिक पनि गराउने हुनाले के खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बिहान प्रोटिन र रेशायुक्त खाना खाने गर्नुपर्छ।

    ७ धेरै गुलियो खाने
    बिहानको समयमा धेरै गुलियो अथवा भारी खाना खाएमा मोटोपना बढ्ने, सुस्त हुने, आलस्यता बढ्ने, मधुमेह र रक्तचापमा समस्या देखा पर्ने हुन्छ। त्यसकारण बिहानको खाजामा अण्डा, दूध, मनतातो कागती पानी, फलफूल जस्ता खानेकुरा मात्र लिनुपर्छ।

    ८ बिहानको घाममा नबस्ने
    बिहानको घाममा बस्दा भिटामिन ‘डी’ पाइने हुनाले घाममा एकछिन भएपनि बस्ने बानी गर्नुपर्छ। बिहानको घाममा मात्र यो भिटामिन पाइने भएकाले आधा घन्टा जति न्यानो घाममा बस्ने गर्नुपर्छ।

    ९ उठ्न वित्तिकै मोबाइल चलाउने
    उठ्न वित्तिकै मोबाइल हेर्ने धेरैको बानी हुन सक्छ । तर यसो नगर्नुहोस् । मोबाइलले कन्सन्ट्रेसन पावर कम गर्ने भएकाले बिहान उठ्न बित्तिकै सकेसम्म मोबाइलबाट टाढा रहनुहोस्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij