मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पाकिस्तानमा दुई उच्च सैन्य अधिकारीलाई मृत्युदण्ड

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • काठमाडौं (एजेन्सी) । पाकिस्तानमा दुईजना उच्च सैन्य अधिकारीलाई मृत्युदण्ड दिइएको छ । राष्ट्रिय सुरक्षासँग जोडिएका गम्भीर विषयमा विदेशी खुपिया एजेन्सीलाई सूचना दिएको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिएको पाकिस्तानी सेनाका प्रवक्ता जनरल गफूरले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

    बीबीसीका अनुसार पाकिस्तानी सेनाको उच्च पदमा विभिन्न जिम्मेवारी सम्हालिसेका सेवानिवृत्त दुईजना सैन्य अधिकारीलाई मृत्यु दण्ड दिइएको हो । पाकिस्तानी सेनामा यस्तो मृत्युदण्ड नभए पनि सेनाले यसरी सार्वजनिक गरेको भने पहिलो घटना भएको बीबीसीले उल्लेख गरेको छ । रिटायर्ड लेफ्टिनेन्ट जनरल जावेद इकबाललाई १४ वर्षको सश्रम कारावासको सजाय दिइएको छ ।

    अर्का सैन्य अधिकृत रिटायर्ड ब्रिगेडियर रजा रिजवानलाई मृत्युदण्ड दिइएको छ । उनी जर्मनीस्थित पाकिस्तानी दूतावासमा मिलिटरी अधिकारीका रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनले संवेदनशील सूचना चुहावट गरेको आरोप छ । सो आरोपमा उनलाई मृत्युदण्ड दिइएको हो ।

    यस्तै डा वसीम अकरमलाई पनि मृत्युदण्ड दिइएको छ । उनी सिविलियन अफिसर थिए । सेनाकाअनुसार उनी एक संवेदनशील संस्थामा काम गरिरहेका थिए । उनमाथि अन्य देशका खुफिया एजेन्सीलाई संवेदनशील सूचना दिएको आरोप थियो ।

    पाकिस्तानमा यसअघि २०१२ मा पनि यसप्रकारको सजाय दिइएको थियो । त्यतिबेला सेनाका केही उच्च अधिकारीलाई आतंकवादी संगठनसँग साँठगाठ गरेको आरोपमा यस्तो सजाय दिइएको थियो ।

    पाकिस्तानी सेनाले पछिल्ला दिनमा दिइएका सजाय गोपनीताको कानुनअनुसार भएको बताएको छ । ती सजाय फरक फरक घटनामा भएको बताएको छ । यो कुनै सञ्जालको काम नभएको बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij