मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रामेछापमा बस दुर्घटना, ६ घाइते

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ। ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको अरनिको यातायातको बा ३ ख ५०६७ नं बस सैपुको सुनुवार गाउँमा दुर्घटना हुँदा यात्रु घाइते भएका छन् ।

    स्वास्थ्य चौकी सैपुका हेल्थ असिस्टेन्ट नगेन्द्र कुँबरका अनुसार ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी गाउँपालिकाका धनकुमारी पौडेल, टंकनाथ पौडेल,थरहरी पौडेल, सर्मीला पौडेल गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकी सैपुमा प्राथमिक उपचारपश्चात दुईवटा एम्बुलेन्सबाट काठमाडौ लगिएको कुँवरले जानकारी दिए । घाइतेको पाखुरा, टाउँको र खुट्टामा चोट लागेको छ भने करिब १० जना सामान्य घाइते भएका थिए ।

    घाइते भएका थहरी पौडेलका अनुसार दुर्घटनाको केही समय अगाडी बसको टायर पन्चड भएको थियो । चालकलाई उदृत गर्दै उनले भने – ‘एउटा टायर पन्चड भएकाले सम्ममा लगेर बनाउन अगाडि बढाउँदा गाडिको ब्रेक फेल भयो । ठूलो क्षति हुनबाट जोगाउन चालकले भित्ताको नाली साइडमा गाडि मोडेर जोगाइएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij