मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तीर्थयात्री चढेकाे बस दुर्घटनामा एकजनाको मृत्यु, एकै परिवारका १४ घाइते

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • धनकुटा — भारतको दरभङ्गामा शुक्रबार तीर्थयात्रीको बस दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । एकै परिवारका १४ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा धनकुटा नगरपालिका ३ आत्माराका ६८ वर्षीय नारायण घिमिरे रहेको प्रहरीले जनाएको छ।

    तीर्थयात्राको त्रममा रहेको बस दुर्घटना हुँदा त्यसमा सवार एउटै परिवारका सदस्य घाइते भएका हुन्। घाइते अधिकांशको अवस्था गम्भीर रहेको छ।

    घाइते हुनेमा मृतक घिमिरेकी श्रीमती रुक्मिणी सहित गोपाल भण्डारी, सीता भण्डारी, नारायण भण्डारी, कुवेर भण्डारी, गायत्री भण्डारी, खेम भण्डारी, विमला भण्डारी, भोला भण्डारी, मेनुका भण्डारी, अम्बिका अधिकारी, गायत्री दाहाल, कमला दाहाल लगायत रहेका छन्।

    मृतक घिमिरेको घटनास्थलमा नै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। घिमिरे धनकुटा बचत तथा ऋण सहकारी संस्थाका व्यावस्थापक समेत रहेका थिए। घाइते सबैको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij