शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

‘माता रिसाउने’ भन्दै अस्पताल नलग्दा किशोरीको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • कपिलवस्तु । कपिलवस्तुको बलरामवापुर गाविस बडेगाव निवासी ऋषिराम यादवको १५ वर्षीया छोरी अन्जनी यादवले अन्धविश्वासका करण ज्यान गुमाएकी छिन् ।

    Kapilvastu_district_locationअन्जनी बिरामी भएको १२ दिन भएको थियो । बिरामी भएको १२ दिन बित्दासमेत उनको परिवारले औषधि उपचारमा बेवास्ता गर्दै आएको थियो । आर्थिक अवस्था पनि राम्रै भएका ऋषिरामले समयमा उपचार गराउन नसकेपछि उनको छोरीको ज्यान गएको हो । औषधि गराए माता रिसाउनु हुन्छ भन्दै परिवार धर्मकर्ममा मात्र व्यस्त रहन्थ्यो ।

    उनको परिवारले बिहानै उठेर नुहाई धुवाई गरी नीमको पातले हम्कने, झारफुक गर्नमै व्यस्त हुन्थे । अन्जनीको शरीरमा साना साना फोका निस्किएका थिए । मधेसमा शरीरमा फोका निस्कियो भने माताजी निस्किनु भएको छ भन्ने धार्मिक विश्वास अझै जरो गाडेर बसेको छ ।

    शरीरमा फोका निस्कनु माताको सवार भएको भन्ने अन्धविश्वासले मधेसमा सयौँ बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ ।

    कतै कुनै उपाय नलागेपछि अन्जनीका परिवारले अन्तिम समयमा उनलाई भैरहवा मेडिकल कलेजमा लगेका थिए । तर उनलाई अस्पताल लैजान ढिलो गरिएकाले उनको ज्यान बचाउन नसकेको डाक्टरले बताएका छन् । उनको बुधबार ज्यान गएको स्थानीयवासी निरहु यादवले जानकारी दिए ।

    त्यस्तै, कपिलवस्तुको शिवराज नगरपालिका–७ मोतिनगरका चन्द्रराम ठाकुरको १८ वर्षीय छोरा सुनिल ठाकुरको सुरही नदीमा डुबेर मृत्यु भएको छ ।

    बुधबार मोतीनगरमा तिहारको अवसरमा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गर्न सुरही नदीमा गएका सुनिलको पौडिन नसकेकाले ज्यान गएको हो । अत्यधिक पानी खाएको हुनाले उनको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । ठाकुरलाई बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा औषधि गराउने क्रममा राति नै मृत्यु भएको मृतकका बुबा चन्द्रराम ठाकुरले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij