प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३
काठमाडौ । एनएमबी बैंकले एक घर एक खाता अभियान पूर्वमा पनि सुरु गरेको छ । बिहीबार सुनसरीको इटहरीमा अभियानको औपचारिक थालनी भएको जनाइएको छ ।
सवैलाई प्राणालीमा ल्याएर बित्तीय सेवाको पहुँच विस्तारमा समावेस गर्ने योजना अनुसार पश्चिम नेपालबाट अघि बढाईएको यो
अभियान अव पूर्वी नेपालका गाउँघरमा केन्द्रित गरेको बैंकका प्रमुख ब्यवसाय प्रवन्धक उत्सव घिमिरेले जानकारी दिए ।
बैंकको अभियानका प्रवद्र्धक नायक राजेश हमाल छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईको नामको खाता खोलेर एक घर एक खाताको पूर्वको अभियानको विधिवत उद्घाटन समेत गरिएको छ । पूर्वी नेपालको इटहरी, लेटाङ्ग, पथरी, उर्लावारी, दमक, झिलझिले र भद्रपुरलाई लक्षित गरेर अभियान थालेको पनि जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij