प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राडार विग्रिएपछि आन्तरिक तथा वाह्य उडान प्रभावित भएका छन् । बिमानस्थलको राडार बुधबारवाटै विग्रिएको तर अझै मर्मत भइनसकेकाले उडान डिले भएको हो ।
विमानस्थलका अधिकारीले आज साझ सम्ममा मर्मत हुने भनेपनि यात्रुले लामो समय उडानको प्रतिक्षा गर्नुपरेको छ । एकातिर भारतिय राष्ट्रपतिको जनकपुर र पोखराको सवारीले उडानमा समस्या भइरहदा राडार विग्रिएपछि विमानस्थल अस्तव्यवस्त बनेको छ । सयौ यात्रु प्रतिक्षालयमा उडान पर्खिएर बसेका छन् ।
विमानस्थलका अधिकारीले भने राडारमा आएको समस्याले छिटो विमान उडान गर्न र अवतरण गर्न नमिल्ने जनाएका छन् । ट्राफिक कन्ट्रोललाई समस्या भइरहेको भन्दै मर्मतपछि विमनास्थल सहज हुने दावी अधिकारीहरुले गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij