प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३
काठमाडौ । तिहारको बिदापछि खुलेको पुँजीबजार सामान्य बढेको छ । सेयर कारोवारका हिसावले साताको अन्तिम दिन भएपनि आज बजार २.५० अंकले बढेर एक हजार ७ सय ६२.२१ अंकमा पुगेको छ ।
एक सय २१ कम्पनीको ८ लाख ७२ हजार ४ सय २१ कित्ता सेयर किनवेच भएको आज ५३ करोड ८५ लाख ७ हजार २ सय २३ रुपैयाँको कारोवार भएको छ ।
बजारमा आज बैकिङ समुहको सूचक ३.४९ अंकले बढेको छ भने बिकास बैंक समूहको सूचक २६.११, फाइनान्स समूहको सूचक ०.७३ अंकले उक्लिएको छ ।
होटल समूहको सूचक भने ७.९७ अंकले झरेको आज जलविद्युत समूहको सूचक ६.१३, बीमा समूहको सूचक ३१.२१ र अन्य समूहको सूचक ९.८३ अंकले ओर्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij