शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दुई महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा दुई महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ ।

    विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भदौ २१ को मन्त्रिस्तरीय निर्णयअनुसार वन विभागको महानिर्देशक भएर सरुवा भएपछि उक्त विभाग महानिर्देशक विहीन बनेको हो ।

    विभागका प्रवक्ता किशोरकुमार मेहताले महानिर्देशक नहुँदा विभागको महत्वपूर्ण निर्णय गर्न अप्ठ्यारो हुने गरेको बताए । उनले भने, “राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रका प्रमुखले गरेका कतिपय निर्णय सच्याउनुपर्ने हुन्छ यस्तो अवस्थामा महानिर्देशक नहुँदा समस्या पर्ने गरेको छ ।”

    महानिर्देशक नहुँदा विभागलाई कुन रुपले अगाडि लैजाने, कुन नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने भन्नेबारेमा समेत निर्णय लिन गाह्रो भएको प्रवक्ता मेहता बताउँछन् ।

    विभागमा हाल गोपालप्रसाद भट्टराईलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ । महानिर्देशक नहुँदा दैनिक पाँच÷सातजना सेवाग्राही फर्कने गरेको विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij