शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

जनकपुरको तयारी : छत–छतमा सेना/प्रहरी, सुनसान जानकी मन्दिर

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • काठमाडौँ । नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार जनकपुर भ्रमणमा जाँदै छन् । उनको स्वागतको तयारी पूरा भएको छ ।

    राष्ट्रपति मुखर्जी जानकी मन्दिरको दर्शनको लागि जनकपुर आउने कार्यक्रम तय भएपछि नगरको सरसफाइ र बिभिन्न किसिमको सजावटले सिंगारिएको छ । राष्ट्रपति मुखर्जीले जानकी मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम छ ।

    जनकपुरलाई अहिले उच्च सुरक्षाको घेरामा राखिएको छ । बिहिबार सुरक्षाकर्मीले उनको स्वागतको पूर्व अभ्यास गरिएको छ । पूर्वअभ्यासको क्रममा पसलहरु समेत बन्द गराइएको थियो भने तस्विर संकलन पनि गर्न दिइएको थिएन । जनकी मन्दिर वरपर सुरक्षाकर्मीको व्यापक उपस्थिति थियो । घरको छतमा समेत सेना र प्रहरी देखिन्थे ।

    जनकपुरमा राष्ट्रपति मुखर्जीलाई उपप्रधान मन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले स्वागत गर्नेछन् । मुखर्जीले जानकी मन्दिरको पूजा गर्नेछन् र जनकपुरको तिरहुतिया गाछीमा हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । उनको स्वागतका लागि जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्म विशेष सरसफाइ गर्नुका साथै सजावट र प्रवेशद्वार निर्माण गरिएको छ ।

    राष्ट्रपति मुखर्जी जानकी मन्दिरको दर्शन र नागरिक अभिनन्दनमा सहभागी भई पोखरा जानेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij