मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एचआइभी सङ्क्रमितका लागि एआरटी केन्द्र

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३



  • बैतडी । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र एआरटी बिहिबारदेखि सञ्चालनमा आएको छ ।

    केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएपछि त्यस क्षेत्रका एचआइभी सङ्क्रमितका लागि सजिलो हुने भएको छ । एचआइभी सङ्क्रमितले नियमितरुपमा खाँदै आएको एआरटी औषधिका लागि जिल्ला अस्पताल बैतडीमा आउनुपर्ने समस्या हटेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए ।

    बैतडीको तल्लोस्वराडमा नियमित एआरटी खाँदै आएका १७ जना एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमितले एआरटी औषधि सेवन गर्नका लागि जिल्ला अस्पतालमा आउनुपर्ने बाध्यता अब टरेको छ । यस सँगै बैतडीमा दुई ठाउँमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएका छन् । बिहीबार एक कार्यक्रमबीच औषधि वितरण केन्द्रको उद्घाटन गरिएको हो ।

    स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सदस्य शुक्रबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर अवस्थी रहेका थिए भने विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी टेक कुँवर रहृका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij