प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३
दाङ । रोल्पाबाट दाङमा आउदै गरेको बस सैघाको तोसमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
रोल्पाको घर्तीगाउँबाट दाङको घोराही तर्फ आउँदै गरेको ना २ ख ५६८५ नम्वरको बस बिहिबार घोराही–होलेरी सडक खण्डको सैघा २ तोसमा दुर्घटना हँुदा २५ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा डुव्रिङ–५ रोल्पाकी ६५ वर्षिया निमा रोका, राङ्सी –३ रोल्पाका २० वर्षिय विनोद डाँगी, घोराही नगरपालिका निवासी–१६ वर्षिय अनिलकुमार डाँगी, झेनाम–५ रोल्पाका २६ वर्षिय मानबहादुर कुँवर, त्रिपुर–११ की ३२ वर्षिया शान्ति गिरी रहेका छन् ।
त्यस्तै करेटी–७ रोल्पाकी २० वर्षिया सुनिता घर्ती, घोराही–७ का २६ वर्षिया रमेश बुढा, रोल्पा तालावाङ–६ का ३८ वर्षिया बलबहादुर घर्ती, सोही ठाउँकै–१६ वर्षिया सुन्दरी घर्ती मगर, घोराही–१० का ३३ वर्षिया विमला वली, नुवागाउँ–५ रोल्पाका १९ वर्षिय राजन बुढामगर, राङ्सी–५ रोल्पाकी २३ वर्षिया प्रतिमा बाठा मगर, भावाङ–५ रोल्पाका ५५ वर्षिय कृष्णबहादुर खत्री, कोर्चावाङ रोल्पाकी २६ वर्षिया मनकुमारी पुन र सोही ठाउँ निवासी २८ वर्षिया भिमा बुढा घाइते भएको राप्ती उपक्षेत्रीय अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बेला–३ दाङकी ४० वर्षिया चन्द्रा परियार, डुव्रिङ–५ रोल्पाकी २२ वर्षिया राधिका रोका, कोटगाउँ–४ रोल्पाका ३२ वर्षिय रुपबहादुर परियार, तालाबाङ ९ रोल्पाका २२ वर्षिय भिमबहादुर विक, त्रिपुर ४ दाङकी ३२ वर्षिय निमा गिरी, सखी–७ रोल्पाकी ६ वर्षिया निर्मला कुवर घाइते भएका छन् ।
यस्तै घर्तीगाउँ–४ रोल्पाकी २२ वर्षिया दिलकुमारी बाठा, सोही ठाउँ निवासी १४ वर्षिया दिलमाया बाठा, विजौरी–७ दाङकी ६५ वर्षिया देउमती चन्द, सोही ठाउँ निवासी ५४ वर्षिया जयपुरी मल्ल रहेका छन् । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भएको छ । घाइतेमध्ये मानबहादुर कुवर र अनिलकुमार डाँगीलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij