शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सन्नी लियोनका श्रीमान् पनि थिए ‘पोर्न स्टार’, यसरी सुरु भयो दुबैको प्रेम कहानी

  • प्रकाशित मिति : शनिबार, कार्तिक २०, २०७३



  • रिल लाइफमा सन्नी सधैं बोल्ड अवतारमा देखिन्छिन् तर रियल लाइफमा भने उनी निकै मृदुभाषी महिला हुन् । यो कुरा उनका श्रीमान् ड्यानियल बिबरले बताएका हुन् ।

    एमटीभी स्पिल्ट्भिललाको आठौं संस्करणको प्रोमोशनल इभेन्टको क्रममा सन्नी र उनका श्रीमान् ड्यानियलले धेरै कुराको खुलासा गरेका छन् । तपाईंलाई थाहा नै छ होला, सन्नीका श्रीमान् ड्यानियल बिबर पनि एडल्ट फिल्म इन्डष्ट्रिका स्टार बनिसकेका छन् । सन्नीको सन् २०११ मा ड्यानियलसँग विवाह भएको हो ।

    सन्नी र ड्यानियलको विवाह भएको ९ वर्ष बितिसकेको छ तर उनीहरु अहिले पनि प्रेमी प्रेमीका जस्तै छन् । ड्यानियलका अनुसार ‘मैले सन्नीलाई पहिलो पटक लस वेगासको एक रेष्टुरेन्टमा देखेको थिएँ । म त्यहाँ आफ्नो ब्याण्डसँग एक कार्यक्रम गर्न गएको थिएँ सन्नी भने आफ्ना साथीहरुसँग छुट्टी मनाउन आएकी थिइन् । मलाई उनीलाई देख्नेबित्तिकै मन पराएको थिएँ । मेरो एकजना साथीले उनलाई चिन्दथ्यो ।’

    सन्नीले रेष्टुरेन्टमा जहिले पनि फूलको गुच्छा पाउँथिन्ः
    त्यस्तै सन्नीका अनुसार ड्यानियलको प्रेम गर्ने तरिकाले आफू उनीप्रति आकर्षिक भएकी हुन् । उनी भन्छिन्, ‘त्यो दिन ड्यानियल मेरो अगाडि आए, मेरो नाम सोधेर आफ्नो टेबलमा गए । त्यसपछि जहिले म त्यो रेष्टुरेन्टमा जान्थें, एउटा फूलको गुच्छा मेरो लागि आइपुग्थ्यो । ड्यानियलको यहि व्यवहारप्रति म आकर्षित भएँ ।’

    मलाई पोर्न स्टारको श्रीमान् भनिँदा केही समस्या छैनः
    एक अन्तर्वार्तामा ड्यानियलले भनेका थिए, ‘भारतमा एडल्ड फिल्ममा काम गर्नेलाई राम्रो भनिन्न तर म सन्नीलाई निकै माया गर्छु । उनी पोर्न स्टार भएकोमा मलाई केही अफसोस छैन । साथै उनको श्रीमान् भनेर चिनिनुमा पनि मलाई केही समस्या छैन । मलाई आफ्नो पोर्न स्टार श्रीमतीमाथि निकै गर्व छ । हामी राम्रा साथी हौं, बिजनेस पार्टर हौं र २४ सै घण्टा एकैसाथ हुन्छौं ।’

    तीन वर्षको डेटिङपछि सन्नी ड्यानियलले गरे विवाहः
    तर सन्नीले उनको प्रेम प्रस्तावलाई त्यति सजिलै स्विकारिनन् । ड्यानियलको निकै तारिफ गर्दै उनले भनिन्, ‘ड्यानियलले मेरो हरेक सुख दुखमा साथ दिए । हामी जहिले भेटेका थियौं त्यतिबेला मैले आफ्नी आमालाई गुमाएकी थिएँ । म डिप्रेसनमा थिएँ । जिन्दगीबाट निराश भइसकेकी मेरो हालत देखेर सायद जो कोहीले मलाई छोडिदिन्थ्यो । तर ड्यानियलले यसो गरेनन् । तीन वर्ष डेट गरेपछि हामीले विवाह गर्यौं । त्यसपछि मेरो बुवाको मृत्यु भयो, त्यतिबेला पनि उनले मलाई सम्हाले ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij