शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

लीलामणि पौडेल सम्मानित

  • प्रकाशित मिति : शनिबार, कार्तिक २०, २०७३



  • काठमाडौं । वागमति सफाई अभियन्ता लीलामणि पौडेलले वाग्मती सफाई अभियान अहिलेसम्मकै सबैभन्दा लामो स्वयंसेवी अभियान भएको बताएका छन् ।
    शनिबार काठमाडौंको गोठाटारमा पुडासैनी समाजको सम्मान ग्रहण गर्दै अभियन्ता पौडेलले सम्मान, पद र प्रतिष्ठाका लागि नभइ निस्वार्थ रुपमा वाग्मति सफाइ अभियानमा लागेकाले यसले एक सय ८२ औं हप्तासम्म पनि निरन्तरता पाएको बताए । उनले सामाजिक चेतनाको भावना, स्वाभिमान जगाउन र हामी गर्न सक्छौं भन्ने भावनाले मात्र आफूले वाग्मति सफाइ अभियानको नेतृत्व गरेको बताए ।

    उनले वाग्मतिलगायत उपत्यकामा रहेका नदीहरुको सरसफाइ र व्यवस्थापनमा ध्यान दिनुपर्ने अधिकार सम्पन्न वाग्मति सभ्यता एकीकृत विकास आयोजन लगायत विभिन्न नदी करिडोर आयोजनाले प्रभावकारी रुपमा काम गर्न नसक्दा अझै पनि वाग्मती बाहेकका नदिहरु प्रदुषित नै रहेको बताए ।
    पूर्व मुख्यसचिवसमेत रहेका पौडेलले जिम्मेवार निकायले प्रभावकारी काम नगर्दा अझै पनि नदी किनारमा ढल बिछ्याउने काम सम्पन्न नभएको टिप्पणी गरे ।
    नदी किनारा अत्याधिक रुपमा अतिक्रमित हुँदा पनि प्रदुषण भएकाले सरकारले ति क्षेत्रको संरक्षण गर्नुपर्ने धारणा राखे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij