प्रकाशित मिति : शनिबार, कार्तिक २०, २०७३
परिवारले शब बुझ्न मानेन
विराटनगर। अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेका भनिएका युवकको शव बुझ्न परिवारले इन्कार गरेका छन् । परिवारले घटनाको निष्पक्ष छानबिन माग गर्दै शव बुझन ईन्कार गरेका हुन् ।
बिराटनगर मुनालपथ स्थित बिराट अस्पतालमा उपचार गराइरहेको अबस्थामा तीन तलामाथिबाट हामफालेर शुक्रबार दिउँसो सुनसरी पुर्वकुशाहा ८ का २५ बर्षिय अनोज बिश्वासले आत्महत्या गरेको बताइएको छ ।
अस्पतालको हेलचेक्रयाईले गर्दा उपचार गराइरहेका युवाले आत्महत्या गर्न बाध्य हुनुपरेकोले पिडित परिवारको दाबी छ ।
परिवारजनले मृतककी पत्नीलाई अस्पतालमा रोजगार दिनुपर्ने वा परिवार धान्नकालागि क्षतिपुर्ति रकम दिनुपर्ने माग गरेका छन । उनीहरुले अस्पतालमा उपचार गराउँदा लागेको शुल्क अस्पतालले नै बेहोर्नुपर्ने बताएका छन् ।
मोरंग प्रहरी प्रबक्त्ता डिएसपी योगेन्द्र थापाले परिवारले शव नबुझेकोले मृत व्यक्तिको शव परिक्षण पनि हुन नसकेको बताए ।
मनेनजाइटिस भएका अनोजको १२ दिनदेखी बिराट अस्पतालमा उपचार भइरहेको थियो ।
कक्षा १२ सम्म अध्ययन गरेका अढाई बर्षिय एक छोरीका बाबु रहेका अनोजले अस्पतालमा कुरुवा नभएको अबस्थामा तीन तला माथिबाट हामफालेको बताइएको छ ।
कमजोर आर्थिक अबस्था भएका अनोजले अस्पतालमा उपचार गराउने खर्च तिर्न अभिभावकलाई समस्या भएपछि तनावमा परेर आत्महत्या गरि ज्यान गुमाएको परिवारको दाबी छ ।
अस्पतालले चाँडो शुल्क बुझाएर बिरामी डिस्र्चाज गरेर लैजान दवाव दिएको र तत्काल पैसा नभएपछि जग्गा राखेर ऋण खोज्न बाबु जानुपरेको सुनेपछि अनोजले तनावमा परेर तीन तलामाथिबाट हाम फालेर ज्यान गुमाउन बाध्य भएको अनोजका दाजु मनोजले बताए ।
सुरुमा ४५ हजार रुपैया डिपोजिट गरेर अस्पतालमा कान्छा छोराको उपचार गराउन थालेको र औषधी र अस्पतालको खर्च करिब तीन लाख रुपैया पुगेको बाबुले तत्काल बिरामी छोरालाई छाडेर गाउँमा ऋण खोज्न गएको बेला कान्छो छोराले पैसाको दबाबमा परेर हाम फालेर ज्यान गुमाएको बाबु बासीराम बिश्वासले बताए ।
बिराट अस्पताल प्रशासनले भने बिरामीलाई डिस्र्चाज दिइसकेको र उपचार सेवा शुल्कमा छुट समेत दिइरहेकोले घटनाबारे जिम्मेबार हुन नसक्ने बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij